सरकारको पतन सुरु - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सरकारको पतन सुरु



काठमाडौं- नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विधेयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने ठोकुवा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अधिवक्ता केसीले यस्तो बताएका हुनु ।

केसीले विधेयकका दफा ९५, ९६ र ११५ मा आपत्ति जनाए । उनले दफामा उल्लेख गरिएका सजाय तथा कसुरको प्रावधान नै आपत्तिजनक भएको टिप्पणी गरे ।

साक्षात्कारमा बोल्दै उनले विधेयक संविधानसंगत पनि नभएको जिकिर गरे । उनले भने, ‘यो विधेयक कानुनका रूपमा आए यसले सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई ठूलो असर गर्छ त्यसैले हामीले यसको विरोध गरेका हौं ।’

विधेयकमा व्यवस्था गरिएको तीन सदस्यीय अदालत गठनमा पनि उनले आपत्ति जनाए ।

उनले विधेयकले संविधानको हनन गरेको, स्वतन्त्र प्रेसलाई कुण्ठित गरेको जस्ता गम्भीर आरोप लगाए ।