माघे संक्रान्तिमा सार्वजनिक विदा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

माघे संक्रान्तिमा सार्वजनिक विदा



काठमाडौं- माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन प्रदेश २ को सररकाले आफ्नो प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ।

त्यस दिन प्रदेश २ का सबै सरकारी कार्यालय, संघ/संस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय भएको प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा जानकारी दिइएको छ।

मन्त्रालयका उपसचिव टीकामणि नेउपानेको हस्ताक्षरमा जारी सूचनाअनुसार प्रदेश २ को मन्त्रिपरिषद्ले पुस २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।