३० नेपालीलाई इराकबाट फर्काइयो, के भन्छन फर्केका नेपाली ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

३० नेपालीलाई इराकबाट फर्काइयो, के भन्छन फर्केका नेपाली ?



काठमाडौं- इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको छ।

ग्रिज जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो।

अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड) मा कामदार आपूर्ति गर्ने कम्पनीहरूले विदेशी कामदारलाई स्वदेश फकाइरहेका छन्।

‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्किन इच्छुक हो/होइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ता हुने सूचमा परें।’

परिस्थिति अनुकूल भएपछि फिर्ता बोलाउने भनिएको उनले बताए। ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गरिरहेका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

‘कतिखेर के हुन्छ, टुंगो नहुने। दूतावासले सुरक्षाका सबै उपाय अपनाएको हुँदा भित्रै बम/बारुद पड्किने त होइन, तैपनि कम्पनीले जोखिम लिन चाहेन।’