जिल्ला सभापतिहरूसँग देउवाले भने: तपाई‌ंहरुसँग हारेकाले भेला गरे के हुन्छ ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

जिल्ला सभापतिहरूसँग देउवाले भने: तपाई‌ंहरुसँग हारेकाले भेला गरे के हुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरूसँग महाधिवेशनको मिति हेरफेर गर्न नसकिने बताएका छन् ।

पौडेल समुहले समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले बिहीबार सभापति देउवालाई भेटेका थिए ।

देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसम्म लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर ११ पुसको निर्णय गरेको उनले बताए । तर आफू अहिले पनि सम्वाद गर्न र सहमतिका आधारमा अघि बढ्न तयार रहेको बताएका छन् ।

तर देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने प्रष्ट पारेका छन् । त्यो मिति कायम राखेर अरु कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार रहेको उनले बताएका छन् ।

सभापति देउवाले जिल्ला सभापतिहरुलाई तपाई‌ंहरुसँग चुनाव हारेकाहरुले भेला गरे के हुन्छ भन्ने प्रश्नसमेत गरेका छन् । पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै उनले एक पक्षीय सभापतिहरुले भेला गरेकोमा असन्तुष्टि जनाएका हुन् ।

जवाफमा सभापतिहरुले भने पार्टीप्रति चासो र चिन्ता लागेर आफूहरु काठमाडौं आएको र सभापति पनि बोलाउन सक्ने बताएका छन् ।