वामदेव गौतमलाई चिट्ठा: अब बन्लान त प्रधानमन्त्री ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वामदेव गौतमलाई चिट्ठा: अब बन्लान त प्रधानमन्त्री ?



काठमाडौँ- पछिल्लो समय प्रधानमन्त्रीको दाबी गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई चिट्ठा पर्ने देखिएको छ ।

संविधान संशोधन गरी प्रधानमन्त्री पदका लागि मार्ग प्रशस्त भए मात्रै आफू राष्ट्रियसभामा जाने अडान लिएका नेता बामदेव गौतमको पक्षमा सत्ताधारी नेकपाको नेतृत्वसहित शीर्ष तह अझै पनि ‘लविङ’मा व्यस्त बनेको छ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रपतिद्धारा मनोनित अर्थमन्त्री युवराज खतिवडाको पदावधि सकिएपछि उनको स्थानमा गौतमलाई मनोनित गर्नु पर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहालसँगै वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल, नारायणकाजी श्रेष्ठ र स्थायी कमिटि सदस्य भीम रावल उभिएका छन्।

पार्टीभित्र विभिन्न मुद्दामा अल्पमतमा धकलिएका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई संविधान संशोधन गरी गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभाका लागि मनोनित गर्न दबाब दिन यो समूह सहमत भएको बुझिएको छ ।

बुधबार नेता गौतमको घरमा भएको जमघटमा राष्ट्रपतिद्धारा मनोनित सदस्यका रुपमा राष्ट्रियसभामा प्रवेश गर्दा ओलीका प्रिय पात्र खतिवडालाई विस्थापित गरी गौतमलाई लैजाँदा ६ वर्षे उनको पदावधिमा संविधान संशोधन लगायतका विषयमा गौतमले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा सबै नेताहरु एक भएका हुन्।

साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा मुलुकको छवी प्रतिकुल काम गरेको आरोप खेपेका ओलीविरुद्ध सशक्त वैकल्पिक उम्मेदवारको रुपमा गौतमलाई प्रस्तुत गर्ने जमघटमा सहमति बनेको स्रोतको भनाई छ।

जमघटमा गौतमले आफूलाई राष्ट्रपतिले मनोनित गर्नु पर्ने औचित्यबारे प्रधानमन्त्री ओलीलाई सामूहिक दबाब दिन आग्रह गरेको थिए। जवाफमा अध्यक्ष दाहाल लगायत सबै नेताहरुले त्यसको समर्थन गरेका थिए।

दाहालले एकताका बेला गरेको सहमति (सरकारको नेतृत्व आलोपालो गर्ने) छोडेर स्थायीत्वको लागि ओलीलाई बाँकी समय प्रधानमन्त्री बनाउन सहमति भए पनि ओलीले सबै शक्ति आफ्नो हातमा लिन लागि परेको, पूर्वसहमतिअनुसार सभामुख पदमा पनि आफ्नै बफादार राख्न खोजेको, राष्ट्रपति कार्यालयलाई राजनीतिमा मुछेको बताएका थिए।

जमघटमा अमेरिकी अनुदान सहयोगको मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अनुमोदनबारे भने कुनै छलफल नभएको स्रोतले बतायो ।

स्रोतले भन्यो,‘ एमसीसीबारे कुरै भएन सभामुख छनौटबारे पनि त्यति प्राथमिकतासाथ कुरा भएन । प्रधानमन्त्री हुने बाटो खोल्न अध्यक्ष ओलीसँग सहमति गरि नेता गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिद्धरा मनोनित गर्ने विषयमा सबै एक हुनु भएको हो ।’

गौतमलाई प्रधानमन्त्री हुने बाटो बन्द गर्ने रणनीतिमा रहेका ओलीलाई अध्यक्ष दाहालले आफूले पनि ओलीलाई आफूले सभामुख छाड्नै पर्ने स्थिति आएको हो भने आफूलाई प्रधानमन्त्री दिएर पार्टी सञ्चालनका लागि तयार हुनुपर्ने सुझाव दिएको बताएका थिए।