बाजेको सेकुवाका सञ्चालक धरौटीमा रिहा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाजेको सेकुवाका सञ्चालक धरौटीमा रिहा



काठमाडौं । बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी धरौटीमा रिहा भएका छन् । ३३ किलो सुन प्रकरणमा अभियोग लागेपछि उनी फरार थिए ।

उनलाई जिल्ला अदालत मोरङले गत सोमबार १० लाख धरौटीमा छोडेको हो । फरार भण्डारी एक्कासी जिल्ला अदालत मोरङमा देखापरेका थिए ।

उनी आइतबार मात्र अमेरिकाबाट नेपाल आएका थिए । ३३ किलो सुनका मुख्य तस्कर चुडामणि उप्रेती गोरे अहिले थुनामा छन् । भण्डारी नातामा उप्रेतीको भान्जा पर्छन् । बाजेको सेकुवा पसमा तस्करी गरिएका धेरै सुनको सेटिङ हुने गरेको अनुसन्धानमा संलग्न प्रहरीहरूले जनाएका छन् ।

३३ किलो सुन तस्करीमा भण्डारीलाई पनि प्रहरीले आरोप लगाएपछि उनी अमेरिका पुगेका थिए । अमेरिकामै उनले बाजेको सेकुवाको आउट लेट विस्तार गरेका थिए ।