जोसँग पनि लफडा गर्छिन नायिका पूजा शर्मा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

जोसँग पनि लफडा गर्छिन नायिका पूजा शर्मा



काठमाडौं- पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ। एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन्। सम्बन्धमा एकपछि अर्काे लफडै लफडापश्चात् छुट्टिए।

आर्यनको नामै उनले राखिदिएको। निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो। निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन।

प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि बोलचाल बन्द। अहिले रेखाको ट्र्याक समाउँदै छिन् पूजा शर्मा।

रेखाको झैं उनको समबन्ध जोसँग जोडियो त्यहीं लफडा पर्न थालेको छ। यस्तै कारण होला, अस्ति शनिबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कामना अवार्डमा पूजा एक्लै देखिइन्।

रेखाको झैं पूजाको पनि सँगै काम गरेका नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठसँग सम्बन्धि चिसिएको चर्चा सिनेवृत्तमा व्याप्त छ। प्रदीपसँग पानी बाराबरको स्थिति छ। यो खबर आज बुधबारको जनआस्थाले छापेको छ।

पछिल्लो समय आकाश श्रेष्ठसँगको सम्बन्ध पनि चिसिएको चर्चा छ। प्रायः सबै कार्यक्रममा आकाश र पूजा सँगसँगै जस्तो देखिन्थे। केही साताअघि सम्झना बिर्सना छायांकन क्रममा यी दुईको मन फाटेको पाइन्छ।

पछिल्लो समय फिल्ममा कम र म्युजिक भिडियोमा बढी देखिन थालेका छन्, राजेश हमाल। शनिबार उनै हमाल कामना अवार्डमा देखिए। रमाइलोचाहिँ जुन रोमा उनी थिए, त्यहीं उनीसँगै आएर बसिदिए भुवन केसी, शिव श्रेष्ठ, नीर शाह, धीरेन शाक्यहरू। त्यहाँ राजेश र भुवन तारन्तार कानेखुसी गरिरहेका देखिन्थे।

तर कार्यक्रम अवधिभर राजेश र धीरेनबीच बोलचाल भएको पाइएन। एक दशकअघिदेखिको शीतयुद्धको तुष कतिसम्म रहेछ भने एक समयका चर्चित यी दुई नायक एकले अर्काेको अनुहारसम्म हेर्न चाहन्न।