सपनाको देश अमेरिकामा यसकारण गर्छन नेपालीले आत्महत्या - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सपनाको देश अमेरिकामा यसकारण गर्छन नेपालीले आत्महत्या



काठमाडौं- सपनाको देश अमेरिकामा सबैको सपना पूरा हुन सम्भव छैन।

जो सपनाको भारी बोकेर आउँछन्, त्यही भारीले थिचिएर मानसिक तनावमा पुग्छन् र आत्महत्याको बाटो रोज्छन्।

यकिन आँकडा भेटिन्न। तर, सार्वजनिक भएका घटनाहरु हेर्ने हो भने अमेरिका आएर आत्महत्या गर्ने नेपालीको संख्या झण्डै एक दर्जन हाराहारी पुगिसक्यो।

यसमा विद्यार्थीको संख्या धरै रहेको खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा अमेरिकाबाट जाङ्बु शेर्पाले लेखेका छन्।

दुई वर्षयता सानफ्रान्सिस्को बे एरियामा मात्र पाँच जना नेपालीले आत्महत्या गरिसकेका छन्।

अमेरिकामा आत्महत्या गर्ने अधिकांश झुन्डिने गरेका छन्। कोह समुन्द्रमा हाम फाल्छन् भने कोही अग्लो अपार्टमेन्टबाट हामफाल्ने गरेका छन्।

आत्महत्या गर्नेमा विद्यार्थी मात्र नभएर अमेरिकामा नै कानुनी रुपमा बसोबास गरिरहेकादेखि सम्पन्न जीवनको कल्पना गर्दै पैसा तिरेर अमेरिका प्रवेश गर्नेहरु पनि छन्।

अमेरिकामा हुने अधिकांश आत्महत्याको कारण एक्लोपना देखिए पनि नेपालीको हकमा भने आर्थिक समस्या मुख्य देखिएको छ।

आत्महत्या गर्ने अधिकांश मानव तस्करको सहयोगमा स्थलमार्ग हुँदै अमेरिका पुगेकाहरु देखिन्छन्।

ज्यानै जोखिममा पारेर लामो दुरी पार गरेर आउनेहरु ऋणको भारी बोकेर आइपुगेका हुन्छन्।

बाटोमै उनीहरु मानसिक रुपमा विक्षिप्त भइसकेका हुन्छन्। अवैद्य रुपमा अमेरिका प्रवेश गरेसँगै कानुनी झन्झट सुरु हुन्छ।

एकातिर ऋण र व्याजको भारी, अनिश्चित भविष्य अनि कमजोर मानसिक अवस्थाका कारण उनीहरुले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ।