प्रचण्डले, सभामुख छाड्ने भए प्रधानमन्त्री चाहियो भनेपछि... - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रचण्डले, सभामुख छाड्ने भए प्रधानमन्त्री चाहियो भनेपछि…



काठमाडौं- सभामुख चयनको विषयले नेकपामा किचलो थपिँदै गएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्।

यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि निचोडमा पुग्न सकेनन्।

त्यसअघि सोमबार सिन्धुपाल्चोक ‘रिफ्रेसमेन्ट’ मा जानुअघि दाहालले बालुवाटारमै भेटेर प्रधानमन्त्री ओलीलाई सभामुख छाड्न नसक्ने बताएका थिए।

स्रोतका अनुसार दाहालले सभामुख पूर्वएमाले समूहलाई छोड्दा प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछ।

‘सभामुख छोड्न सकिन्छ, तर त्यसका लागि तपाईं (ओली) ले प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ दाहालले ओलीसँग प्रस्ताव गरेका थिए।

उनले यो विषयको जानकारी गौतम निवासमा भएको छलफलमा पनि नेताहरूलाई सुनाएको स्रोत बताउँछ।