तीन खान एउटै फिल्ममा किन सम्भव छैन, सलमानले गते यस्तो खुलासा - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

तीन खान एउटै फिल्ममा किन सम्भव छैन, सलमानले गते यस्तो खुलासा



एजेन्सी- शाहरुख खान, सलमान खान र आमिर खान एउटै फिल्ममा देखिने विषयमा बेला बेला चर्चा हुन्छ बलिउडमा ।

खासमा यस्तो प्रयास भने नभएको होइन, कतिपय निर्देशनले यसको लागि निकै प्रयास गरेको पनि बताइन्छ।

सलमान र शाहरुखले एउटै फिल्ममा काम गरेपनि तीनै खान एउटै फिल्ममा अहिलेसम्म देखिएका छैनन् ।

केही निर्देशकले तीन खानलाई एउटै पर्दामा अटाउने प्रयाश गरेको समाचार पनि आउछ । तर, त्यस्ता समाचार गसिपकै रुपमा सिमित हुन पुग्छ ।

तीन खान एउटै फिल्ममा नदेखिनुको कारणवारे सलमान खानले प्रष्टिकरण दिँदै भनेका छन् ‘तीन खानलाई एउटै फिल्ममा देखाउदा लागत निकै महंगो पर्छ त्यसकारण सम्भव छैन ।’

उनको भनाई अनुसार तीन खान अभिनित फिल्मको लगानी उठाउन भारतमा मात्रै बीस हजार स्कृन हुनुपर्छ तर, अहिले भारतमा ६ हजार मात्रै स्क्रिन छ ।