सुदूर पश्चिमेली समाज मकाउद्धारा वृद्ध सेवा केन्द्रलाई नगद सहयोग - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

सुदूर पश्चिमेली समाज मकाउद्धारा वृद्ध सेवा केन्द्रलाई नगद सहयोग



कर्ण बहादुर अधिकारी मकाउ,चीन /माघ २० 
सुदूर पश्चिमेली समाज मकाउले कञ्चनपुरको महेन्द्रनगरमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई नगद सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका माझ महिला तथा वृद्ध सेवा केन्द्रको नाममा रहेको नविल बैङ्कको २९०१०१७५००३३० खाता नम्बरमा नगद रु ५० हजार जम्मा गरी रेडियो सुदुर संञ्चार बेलौरीका स्टेसन म्यानेज रमेश प्रसाद भट्ट मार्फत भौचर सेवा केन्द्रको अध्यक्ष शारदा चन्दलाई हस्तान्तरण गरिएको हो ।

सुदूर पश्चेमेली समाज मकाउमा हाल सम्म सुदूर पश्चिमका करिब २ सयका हाराहारीमा पश्चिमेलीहरु आबद्ध छन्।उक्त समाजका सचिव प्रकाश चन्द र कोषाध्यक्ष दिनेश ऐरको संयोजकत्वमा सङ्कलन गरिएको नगद रु ५० हजार महिला तथा वृद्ध सेवा केन्द्रको उत्थानका निमित्त रकम सहयोग गरिएको हो।उक्त समाजको यही २०१७को जनवरीमा बसेको बैठकले सुदूर पश्चिम क्षेत्रमा रहेका बृद्धाश्रम र अनाथ बालबालिकाहरुका लागि यसरी सामाजिक कार्यमा रकम सङ्कलन गरी सहयोग गर्ने निर्णंय गरेको र त्यही कार्य योजनाका साथ पहिलो पटक कञ्चनपुरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई सहयोग गरिएको सुदूर पश्चिमेली सेवा समाज मकाउका अध्यक्ष पन्तले बताए ।

सेवा केन्द्रको अध्यक्ष शारदा चन्दले यसरी आफ्नो सामाजिक कार्यको मुल्याकंन गरी ठुलो आर्थिक सहयोग भएकोमा सहयोगी संस्था सुदूर पश्चेमेली समाज मकाउलाई आभार प्रकट गर्नु भएको छ । उहाँले भन्नु भयो विभिन्न क्षेत्रको सहयोगले गर्दा सेवा केन्द्रमा रहेका करिब ६३ जना असाहय वृद्ध, महिला, पुरुष र अनाथ बालबालिकाका निमित्त ठुलो राहात भएकोमा खुसी व्यक्त गर्नु भयो ।यसै गरी सुदूर पश्चिमली समाज मकाउले हरेक वर्ष नयाँ वर्ष, लगात विभिन्न चाड पर्वमा समाजिक कार्यका लागि भेला बसेर आर्थिक सङ्कलन गरी सुदूर पश्चिमका यस्ता समाजिक कार्यमा सहयोग गरिने अध्यक्ष पन्तले बताउनु भएको छ ।