आज र भाेलि देशभर मेघगर्जनसहित ठुलो पानी पर्ने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

आज र भाेलि देशभर मेघगर्जनसहित ठुलो पानी पर्ने



काठमाण्डाै – बुधबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार अहिले धुम्मिएको काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने उनले जानकारी दिए ।

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उनले बताए ।

बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।