देब्रे हात चल्दा के हुन्छ, मानिसहरु किन देब्रे हातले लेख्छन् ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

देब्रे हात चल्दा के हुन्छ, मानिसहरु किन देब्रे हातले लेख्छन् ?



एजेन्सी– विश्वमा केही मानिसहरु आफ्नो देब्रे हातले लेख्छन् । तर, किन ?

यो प्रश्न अब झन् ठूलो पहेली बनेको छ जसबारे अहिलेसम्म भएका वैज्ञानिक खोजहरुले ठोस उत्तर पाएका छैनन् ।

तर, अब बेलायती वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् कि यसका लागि मानिसको जीन नै जिम्मेवार छ ।

मानिसहरुको डिएनएमा एउटा जीन रहेको हुन्छ जसले मानिसहरुलाई देब्रे हातले लेख्ने बनाउँछ । यसले मानिसको मस्तिष्कको बनावट तथा उसले काम गर्ने तरिका एवं भाषाको क्षमतामा विभिन्न असर पुर्याउँछ ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यही कारणले जो मानिसहरु देब्रे हातले काम गर्छन् वा लेख्छन्, उनीहरु आफ्नो बोलाइ तथा अन्य विषयमा पनि अझ राम्रो पर्फमेन्स गर्न सक्छन् ।

तर, अझै पनि कतिपय प्रश्नहरुको जवाफ आउनै बाँकी छ । यसमा सबैभन्दा ठूलो प्रश्न यो हो कि देब्रे हात वा दाहिने हात जुन बढी प्रयोग भए पनि त्यसले मस्तिष्कको विकासमा कस्तो सम्बन्ध राख्छ ?

विश्वमा दशजनामा एकजनाले आफ्नो देब्रे हात प्रयोग गरेर काम गर्ने बताइएको हुन्छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि देब्रे हातले लेख्थे ।

बेलायतमा गरिएको यो शोधमा चार लाख मानिसहरुलाई सम्मिलित गराइएको थियो । यीमध्ये ३८ हजारमात्रै लेफ्ट ह्यान्डेड अर्थात् देब्रे हात प्रयोग गर्नेहरु थिए ।

यसबाट वैज्ञानिकहरुले कुन व्यक्तिले कुन हातले काम गर्छ भन्ने कुरा जीनमा आधारित हुने बताएका छन् ।

यो शोधले मानिस देब्रे हात प्रयोगकर्ता हुनुमा कोशिकाको भित्री संरचनालाई बनाउने साइटोस्केलेटनसँग जोडिएको हुने बताएको छ ।

देब्रे हात बढी प्रयोग गर्नेहरुको मस्तिष्कको दाहिने तथा बायाँ हिस्सा दुवै राम्रोसँग काम गर्ने भएकाले देब्रे हात प्रयोग गर्नेहरुको भाषा राम्रो हुने बताइएको छ ।

सँगसँगै देब्रे हात प्रयोग गर्नेहरु स्किजोफ्रेनियासँग जोडिएको हुने वा ग्रसित हुने पनि बताइएको छ ।