एनआरएनए महासचिवले भने: नागरिकताले मात्र पुग्दैन थप अधिकारको लागि नेपाल सरकारसँग लड्छौँ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

एनआरएनए महासचिवले भने: नागरिकताले मात्र पुग्दैन थप अधिकारको लागि नेपाल सरकारसँग लड्छौँ



लण्डन । बेलायतका नेपाली समुदायतले गैरआवासीय नेपालीहरुसँग सम्बन्धी ऐन तथा कानुनहरु तत्तकाल संसोधन गर्न सुझाव दिएका छन् । गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदको आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्न अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् ।

अल्डरशटस्थित एम्पायर हलमा बोल्ने वक्ताहरुले समयनाकुल विदेशमा बस्ने नेपालीहरुसँग सम्वन्धि ऐन कानुन संसोधन गर्न संघीय संसदको ध्यानार्कषण गराएका हुन् ।

उनीहरुले गैरआवासीय नेपालीहरुसँग सम्बन्धीत् नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु संसोधन गर्न सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संविधानले ग्यारेन्टी गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई कसैले खोसेर नखोसिने वताए ।

डा. शर्माले भने नेपालको संविधानले विदेशमा वस्ने नेपालीहरुको अधिकारको लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेको छ, त्यसलाई कुनै एक दलले चाहेर मात्र खोस्न सक्दैन् ।

शर्माले संविधानको प्रावधानले गैरआवासीय नेपालहरुलाई आंशिक अधिकार दिने परिकल्पना गरे पछि थप अधिकारको लागि लड्न पर्ने बताउँदै आफूहरू लड्न तयार भएको बताए ।

गैरआवासीय नेपाली संघले लामो समयदेखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा सहभागीहरुले सुझाव दिए ।

गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका वक्ताहरुले गैरआवासीय नेपालीहरुको नागरिकता दिने संविधानले ग्यारेन्टी गरे पछि पूर्ण रुपमा कार्यन्वयन नहुने वेलासम्म सजक हुनुपर्ने तर्क गरेका थिए ।

कार्यक्रमा गैरआवासीय नेपाली संघका सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुको सुझावको आधारमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा गैरआवासीय नेपाली संघ युकेले ८ बुँदे सुझाव संकलन गरेको छ । कार्यक्रम संचालन फडिन्द्र भट्टराई र गोविन्द खरेलले गरेका थिए ।