गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर गरे सासुको हत्या - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर गरे सासुको हत्या



गुल्मी । तपाईंले लुटेरा वा छोराले गहना लुट्नको लागि कसैको हत्या गरेको सुन्नुभएको होला तर, गुल्मीमा भने गहना लुट्न दुई जना बुहारी मिलेर आफ्नै सासुको हत्या गरेका छन् ।

इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पानीका दुई बुहारीले ७६ वर्षे सासुको हत्या गरे ।

आफ्नै कान्छी बुहारी २३ बर्षको देवी विक र जेठाजुकी बुहारी २८ बर्षको लक्ष्मी विकले गहना लुट्ने योजना बनाएर ७६ बर्षीया कौशिला विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

देवी र लक्ष्मीले १७ पुसको साँझ कौशिलालाई कुटपिट गरेर सख्त घाइते बनाएपछि गोठमा लगेर गोरुले हानेको भन्दै छिमेकमा गुहार गरेका थिए ।

कुटपिटपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पुराए पनि उपचारकै क्रममा २० पुसमा विकको मृत्यु भएको घलेले बताए । श्रीमान शेर बहादुर विकले कर्तव्य ज्यान सम्बन्धि जाहेरी दिएका छन् ।

दुई बुहारी र सासुबीच पहिलेबाटै आपसि झगडा भैरहने र कैयौं पटक उजुरबाजुर भएका भएको स्थानीयले बताएका छन् ।

घटनाक्रम बढ्दैजाँदा पुस १७ गते मृतक ७६ बर्षको कौशिलाका श्रीमान मासु काट्न गएका थिए । त्यो दिन दुई बुहारीले अनौठो योजना बनाए ।

त्यो योजना थियो, कुटपिट गरेर गहना लुट्ने । दुबैले सल्लाह गरे, लक्ष्मीले गोरु फुकाएर लुक्ने र कुद्ने । देवीले सासुलाई बाहिर बोलाउने ।

प्रहरीकोमा दिएको बयान अनुसार लक्ष्मी गोरु फुकाएर दाउरो लिएर लुकिन् । लक्ष्मीले गरु फुकाइन् देबीले सासुलाई बोलाइन् । सासू गोरु फुकेको देखेर बाध्न गोठमा गइन् । त्यही बेला लक्ष्मी दाउराले कन्चटमा हानेर अचेत बनाइन् ।

यसरी नाक र कानको गहना निकालेर मलखातमा गाडे । दाउराले टाउकोमा हानेकाले कौशिला रगताम्य र अचेत बनिन् ।

घटना लुकाउन छिमेकमा गोरुले हानेको नाटक समेत रचे । गोरु अझ त्यसैमाथि लामा र तिखा सिङ्ग । केटाकेटीलाई समेत नभन्न भने । केहि समय घटना त्यस्तै पनि बन्यो ।

१७ गते अवेर गाउँले मिलेर विकलाई उपचारको लागि पाल्पा पठाइयो । टाउकाको अप्रेशन गर्नुपर्ने भयो । बिपन्न परिवारसंग पैसा थिएन । आर्थिक अभावकै कारण फर्काएर परिवारले सदरमुकाम ल्याए ।

पुन: तम्घासमै पैसा खोजेर लुम्बिनी प्रादेशिक अस्पतालमा पुराए तर विक बचिनन् । पुस २० गते कौशिलाको मृत्यु भयो ।

२१ गते गुल्मी अस्पतालमा शवको पोष्टमार्टम भयो । परिवारले स्थानीय घाटमा दाहासंस्कार गरे ।