वनका पदाधिकारी नै काठ तस्करीमा मस्त, सव डिभिजनलाई मतलव छैन - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वनका पदाधिकारी नै काठ तस्करीमा मस्त, सव डिभिजनलाई मतलव छैन



घनश्याम पौडेल/ मसुरिया

कैलालीको गौरीगंगा नगरपालिका वडा नं ७ मा पर्ने सुनपाल सामुदायिक वनका पदधिकारिहरुले संरक्षित राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गर्ने गरेकाे खुलासा भएको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएको साे सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशीकाे संलग्नतामा काठ तस्करी हुने गरेकाे हाे ।

गौरीगंगा नगरपालिका वडा नं ८ मा रहेकाे पवन जाेशीकाे आरा मिलमा काठ चिरान हुँदै गरेकाे छ । सोमबार आरामिलमा चिरान गर्न लगिएको २ थान काठ सामुदायिक वनका पदाधिकारिहरुले लुकाएका छन ।

आरा मिलमा पत्रकार सहित सामुदायिक वनका उपभोक्ता पुगेको थाहा पाएका अध्यक्ष जाेशीले साे काठ जनप्रिय माध्यमिक विद्यालयकाे भएकाे जवाफ दिएका थिए ।

साे काठ विद्यालयकाे नभएको भन्दै विद्यालयकाे नाममा काठ तस्करी हुन प्रधानाध्यापक धनिदत्त जानकारी दिएपछि वनका पदाधिकारीले काठ तस्करी गर्ने गरकाे खुलासा भएको हाे ।

वैज्ञानिक वन कार्ययोजना लागू भएकाे क्षेत्र भन्दा बाहिर राष्ट्रिय वन क्षेत्रबाट काठ बेवारिसे बनाएर कार्यालय पछाडिको झाडीमा चिरान गरि सप्लाई गर्ने गरेकाे उपभोक्ता दिल बहादुर बाेहाेराले बताए ।

समाचारदातासँग विद्यालयकाे काठ हाे भनेर भन्ने जोशीले समाचार राेक्न विभिन्न व्यत्तिहरुलाइ अनुरोध गर्दै काठ आफूले राष्ट्रिय वनबाट ल्याएकाे बताएका छन ।

सुनपाल सामुदायिक वन उपभोक्ता समुहको घाटगदि्मा रहेकाे काठ उपभोक्तालाई माग अनुसार नदिएकाे भन्दै केही दिन पहिला वनकाे कार्यालयमा उपभोक्ताले तालाबन्दी समेत गरेका थिए ।

यता सव डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत सचितान्नद सिंहले उपभोक्ता समुहले उपभोक्ताकाे आवश्यकतालाई मध्यनजर गरेर काठ दिएकाे हुन सक्ने भन्दै आफुले मंगलबार अनुगमन गर्ने बताए ।

उपभोक्ताहरुबाट पटकपटक सुचना पाउने गरेकाे बताउदै सिंहले विभिन्न सामुदायिक वनमा साधारणसभा भएकोले समय दिन नसकेकाे जवाफ दिए ।

सामुदायिक वनका पदाधिकारीले वन अधिकृतसँगकाे मिलेमतोमा राष्ट्रिय वन क्षेत्रबाट काठतस्करि गरिरहेकाे साे वनका पुर्व अध्यक्ष गाेपाल कलेलले बताए । साे सामुदायिक वन सँग जाेडिएकाे खप्तड बहुमुखि क्याम्पस भन्दा पश्चिम किनारामा ठुलाे परिणाममा चिरानकाे तयारिमा काठ लुकाई राखेकाे काशीराम बाेहाेराले बताउनु भयाे ।

समितिका पदाधिकारीले सामुदायिक वनसँग जाेडिएकाे राष्ट्रिय वनबाट बेवारिसे बनाई ठुलाे परिमाणमा काठ तस्करि गरिरहदा नजिकमा रहेकाे सव डिभिजन वन कार्यालयले बेवास्ता गर्नु दुखद भएकाे भन्दै वन संरक्षण कर्मि चिन्तित भएका छन् ।

गौरीगंगा नगरपालिका मेयर एवंम साे सामुदायिक वनका पुर्व अध्यक्ष भिम बहादुर देउवाले वैज्ञानिक वनमा गईसकेकाे सामुदायिक वनबाट उपभोक्ताका आवश्यकता पूरा हुने अबस्थामा काठ तस्करीमा लाग्नेहरुमाथि काडा कारबाही हुनुपर्ने बताएका छन् ।