रोनाल्डोको ह्याट्रिकमा युभेन्टसले निकाल्यो सजिलै जीत - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसले निकाल्यो सजिलै जीत



एजेन्सी- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’मा काग्लियारीलाई ४-० गोलको नतिजामा पराजित गरेको छ।

युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो।

दोस्रो हाफको सुरुआतदेखि नै आक्रमक शैलीमा उत्रिएको युभेन्टसका लागि ४९औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरेका थिए।

६७औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले युभेन्ट्सको अग्रता दोब्बर पारे।

निर्धारित समयको खेल सकिन ९ मिनेट बाँकी रहँदा पुनः रोनाल्डोले गोन्जालो हिग्वेनलाई गोलका लागि पास मिलाएका थिए।

त्यसको एक मिनेट नबित्दै डोग्लास कोस्टाको पासमा रोनाल्डोले टोलीका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितसँगै १८ खेलबाड ४५ अंक जोडेको युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एक खेल कम खेलेको इन्टर मिलानको ४२ अंक छ।

पराजित काग्लियारी १८ खेलबाट २९ अंकसहित छैठौं स्थानमा छ।