सुखडमा घोडाघोडी महोत्सवको तयारी तीब्र - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सुखडमा घोडाघोडी महोत्सवको तयारी तीब्र



सुखड,कैलाली । कैलालीको घोडाघोडीमा माघ २ देखि १२ गतेसम्म हुन लागेको सांगीतिक तथा पर्यटन महोत्सवको तयारी तीब्र रुपले चलिरहेको आयोजकले जनाएको छ ।

विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गरी पर्यटक बढाउने उद्देश्यका साथ घोडाघोडी नगरपालिका – १ सुखडमा आयोजना गर्न लागिएको महोत्सवको तीब्र रुपले तयारी चलिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले बताए ।

घोडाघोडी नगरपालिका भित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यमबाट प्रचार प्रसार गर्ने आयोजकको भनाइ छ । महोत्सवले घोडाघोडी क्षेत्रको मात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने प्रचार प्रसार समितिका संयोजक प्रकाश मिश्रले बताए । उनले पर्यटन महोत्सवले कैलालीको घोडाघोडीसँगै रहेको बर्दगोरिया धार्मिक क्षेत्रको पनि प्रचार प्रसार हुने जानकारी दिए ।

कैलालीमा टीकापुर पार्क, चिसापानी पुल, लोकहा भौकहा ताल, कोइलही ताल, जोखर ताल, गोदावरी धाम, शिवपुरी धाम लगायत दर्जनौँ पर्यटकि क्षेत्र रहेका छन् । घोडाघोडी पर्यटन महोत्सवले ती क्षेत्रहरूमा पनि पर्यटक र्पुयाउन सहज हुने आयोजकको दाबी छ ।

महोत्सवमा राजेश हमाल, रामजी खाँड, गायिका स्मिता दाहाल , कमला घिमिरे, अमृत सापकोटा, सुरवीर पण्डित, कमल खत्री, निसान्त भट्टराई लगायत कलाकारका साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा रमाइलो मेला ,बाल उद्यान ,थारु गाउँ लगाएतको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । माघ २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सव उद्घाटन गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।