तनहुँमा फेरि चितुवाले बालकको ज्यान लियो, हालसम्म सात बालकको मृत्यु - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

तनहुँमा फेरि चितुवाले बालकको ज्यान लियो, हालसम्म सात बालकको मृत्यु



तनहुँ- तनहुँको आँबुखैरेनीमा फेरि चितुवाले एक बालकको ज्यान लिएको छ ।

आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिक रहेको मामा घरबाट फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।