अब ट्राफिक नियम उल्लंघन गर्नेलाई एक लाख जरिवाना - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अब ट्राफिक नियम उल्लंघन गर्नेलाई एक लाख जरिवाना



काठमाडौं- सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ ।

हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान रहेको छ । सरकारले अब न्यूनतम जरिवाना रकम नै २ हजार र अधिकतम एक लाखसम्म पु¥याउने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै सवारी उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना पु¥याउने तयारी गरेको हो ।

विभागले तयारी गरिरहेको नियम पारित भएर लागू भएमा एक लाखसम्म जरिवाना पुग्नेछ । विभागले कसुरको प्रकृतिअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रावधान राखेको छ ।

यातायात व्यवस्था विभागले जरिवाना बढाउँदा सवारी नियम उल्लंघनमा कमि आउने जनाएको छ । विभागले ऐन परिमार्जनको तयारी गरेपनि सरोकारवाला निकाय लगायतसँग छलफल गर्दा परिमार्जन हुने सम्भावना पनि रहेको छ ।

विभागले दर्ता नगरी सवारी चलाएमा, स्वीकृति नलिई सवारीसाधनले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्याचिसमा परिवर्तन गरेमा जरिवाना वृद्धि गर्ने तयारी गरेको छ ।

तोकिएको भन्दा बढी भाडा लिएमा तथा क्षमता भन्दा बढी यात्रु राखेमा पनि जरिवाना वृद्धि गर्ने तयारी छ ।