सिटौलाको प्रश्न: देउवा को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउने ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

सिटौलाको प्रश्न: देउवा को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउने ?



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउॅन खोजेको आरोप लगाएका छन् ।

सभापती देउवाले बिधान लत्याउॅदै अगाडी बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागी अबरोध सिर्जना भएको बताए ।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे– ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापती र रामचन्द्र पौडेल कार्यबाहक सभापती हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापती हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउॅन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउॅन खोज्ने ?

जीपी कोइराला फाउण्डेशन प्रदेश–१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै सिटौलाले सभापतीको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापती नहुन देउवालाई चेतावनी दिए ।

कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरुसॅग लड्नुपर्ने समयमा सभापतीकै कारण कांग्रेस घरभित्रको झगडामा फसेको बताए ।

डा. कोइरालाले सभापती कांग्रेसको घरमुली भएको बताउॅदै घरभित्रको फरक बिचार र असन्तुष्टीको सम्बोधन गरेर सबैलाई सॅगै हिडाउॅने काम देउवाकै भएको उनले बताए ।

नेपाली कांग्रेसको इतिहॉसमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने,‘अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ती दुर्भाग्य हो ।’

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापती गोबिन्द ढुंगाना, धनकुटा कांग्रेसका सभापती अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले आआफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा आयोजकले सिटौला र डा कोइरालालाई एउटै माला लगाइदिएका थिए ।