सुनका क्याप्सुल बनाएर, मलद्वारमा राखेर तस्करी गर्ने २ भारतीय पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा शुक्रबार दुई भारतीय नागरिकको व्यवहार संकास्पद देखिएपछि उनीहरु पक्राउ परे ।
भन्सारले सबै लगेज जाँच गर्दा केही फेला पार्न सकेन । तर पनि उनीहरु केही डराएजस्तो देखिएपछि उनीहरुको शरीरमा मेटल डिटेक्टर लगाइयो । तर बजेन ।
युएईबाट नेपाल आएका भारतीय नागरिकद्वय गोपी चन्द र भरत सुरेशलाललाई मेडिकल एक्स रे का लागि सिंनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याइयो ।
एक्स रे रिपोर्टमा गोलो धातु देखिएपछि चन्द र शुरेसलालले सुन ल्याएको स्वीकारे । शौच गर्न लगाएर सुन निकालियो ।
क्याप्सुल आकारमा मलद्वार भित्र लुकाइएको सुन निकालेर तौल नाप्दा दुई किलो दुई सय ग्राम रहेको तथ्य खुल्यो ।
उनीहरुले सुनलाई तरल बनाइ प्लाष्टिकले बेरेर मलद्वारमा लुकाइ ल्याएका थिए ।