नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने तयारी
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने तयारी गरेको खुलेको छ ।
प्रवक्ता श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनाइएको छ । उनी गत निर्वाचनमा गोरखा २ बाट प्रतिनिधिसभामा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
श्रेष्ठलाई अर्थमन्त्री बनाउनकै लागि राष्ट्रिय सभाको उम्मेदवार बनाइएको स्रोतले जनाएको छ ।
वर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल एक महिना मात्र बाँकी छ । उनी अर्थमन्त्रीमा पुनः नदोहोरिने बताइएको छ ।
शुक्रबार बिहान बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा उम्मेद्वार टुंगो लगाएको हो ।
नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेद्वार बनाउने भएको छ ।
नेकपाको उम्मेद्वारहरु
प्रदेश नम्बर १
इन्दु गौतम
देवेन्द्र दाहाल
गोपी अछामी
प्रदेश नम्बर २
तुलसा दाहाल
राधेश्याम पासवान
प्रदेश नम्बर ३
गंगा बेलवासे
डा. बेदुराम भुसाल
प्रदेश नं ४
भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर ५
विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा
प्रदेश नम्बर ६
सुमित्रा बिसी
मायाप्रसाद आचार्य
प्रदेश नम्बर ७
तारामान स्वाँर
शारदा भट्ट