कास्कीमा भूकम्प - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

कास्कीमा भूकम्प



काठमाडौं । कास्कीमा ३ दशमलव ८ म्याग्‍नि-च्युडको भूकम्प गएको छ ।

बिहीबार राति ९ बजेर ५९ मिनेटमा कास्कीको गहचोकमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

अहिलेसम्म उक्त क्षेत्रमा यस भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।

यसअघि सिन्धुपाल्चको केन्द्र बनाएर ४ दशमलव ८ र नगरकोट ४ दशमलव २ म्याग्‍निच्युडको भूकम्प गएको थियो ।

नेपालमा विस २०७२ को महाभूकम्पपछि साना-ठूला पराकम्पनहरु आउने क्रम जारी छ।