पोशाक दिवसमा अभियन्ताले भने: राष्ट्रिय पोशाक र मिचिएको भूमी चाहियो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पोशाक दिवसमा अभियन्ताले भने: राष्ट्रिय पोशाक र मिचिएको भूमी चाहियो



काठमाडौं- राष्ट्रीय पोशाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय पोशाक दिवस भव्य रूपमा मनाइएको छ ।

“मेरो शान,मेरो स्वाभिमान,राष्ट्रीय पोशाक संरक्षण महाअभियान्” भन्ने मुला नारा लिएर बि सं २०७० साल पुष १७ गतेदेखी निरन्तर अभियानमा लागिरहेको राष्ट्रिय पोशाक महाअभियान नेपालले सातौं पोशाक दिवस मनाएको हो ।

बिगतका बर्ष झै यो बर्ष पनि सातौं राष्ट्रीय पोशाक दिवस मनाउँदै अभियानले सरकारसंग औपचारीक राष्ट्रिय पोशाकको माग गरेको छ ।

काठमाण्डौंको माइतिघर मण्डलामा राष्ट्रीय पोशाक दौरा सुरुवाल टोपी कोट, गुन्युचोलिमा सजिएर अभियानका अभियन्ताहरुले सरकार संग औपचारीक पोशाक को माग गरेका हुन् ।

राष्ट्रीय पोशाकका संस्थापक राजानन्द माण्डब्यको संयोजनमा सम्पन्न उक्त कार्यक्रम पन्चेबाजा र र्‍यालीसहित सम्पन्न गरिएको थियो ।

अभियन्ताहरु माइतिघर मण्डलामा नेपालको नक्सा बनाई उक्त नक्सामा पोशाकमा सजिएका अभियानताहरुले आफ्नो ढाडँमा सिमानाको नम्बर लेखेर लिपुलेक र कालापानी सम्म नेपाली भुमी हो भन्ने सन्देश दिएका थिए ।

अभियानका संस्थापक माण्डब्यका अनुसार नेपाल बहुजाती र भाषाले सम्पन्न देश हो त्यती हुँदा पनि हामीले अन्तर राष्ट्रमा नेपाली भनेर चिनिने औपचारिक साझा पोशाक देशमा आवश्यक रहेको तर सरकारले यसलाई अनुमोदन गर्न नसकेको र सिघ्र नेपाल सरकारले एउटा सर्वमान्य पोशाक मान्यतामा राख्नुपर्ने बताए ।

पर्यटन वर्षमा पोशाकको महत्व

पर्यटन बर्ष २०२० सुरु भैरहँदा संसारभरिका पर्यटक नेपालको पोशाक, संस्कृति, रितिरिवाज र यहाँको सभ्यताको लागि नेपाल घुम्न आउने हुदाँ हामीले आफ्नो मौलिक संस्कार सहितको सम्मान विदेशी पर्यटकलाई गर्दै आफ्नो मौलिकता, पृथकता विश्वसामु पुराउनुपर्ने अभियन्ताहरुको चासो थियो।

साथै पर्यटन वर्षमा राष्ट्रिय पोशाक नहुँदा आफ्नो पहिचान नै नभएजस्तो खल्लो भैरहेको स्मरण गर्दै अभियन्ताहरूले सरकारले तत्काल राष्ट्रिय पोशाकको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

विगतका सरकारबाट पहिचान गुम्नेगरी राष्ट्रिय पोशाक खारेज गरिनुले पनि अन्तर्राष्ट्रिय रूपमा राम्रो संदेश प्रवाह नभएको भन्दै अब साझा पोशाक घोषणामा ढिलाई नगर्न आग्रह गरेका थिए ।

भारतले अतिक्रमण गरेको सीमाको चासो

नेपालको नक्सा बनाई लिम्पियाधुरासम्म नेपाली उभिएर सिमाको रक्षा गर्नुपर्ने भन्दै राष्ट्रीय धरोहर संरक्षण प्रतिष्ठान नेपाल को माग थियो ।

कार्यक्रम् माइतिघर मण्डला देखि र्‍यालि सुरु भएर बबरमहल हुँदै पुन: माइतिघर मण्डलासम्म पुगेर कोणसभा गरिएको थियो ।

कार्यक्रम सफल र् भब्य पार्नको लागि पहिलो पाइला नेपाल, वीर गोर्खाली अभियान, मिसन नेपाल, राष्ट्रप्रेमी युवा अभियान नेपाल, कोड नेपाल, सफा अनि स्वच्छ काठमाण्डौँ, बागमति, बिश्नुमति नदि सरसफाई अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अभियानको प्रदेश समितिमा सुर्खेत कर्णालि प्रदेश समिति कमल लामिछाने, प्रदेश ५ समिति समीर वलि, पर्वत जिल्ला संयोजक दिपेन्द्र सुबेदि,तथा बुटवल, चितवन र पोखरामा समेट भब्य र सभ्य रुपमा सातौ राष्ट्रीय पोशाक सम्पन्न भएको जनाइएको छ ।

यस महाअभियानले पुष १ गतेलाई राष्ट्रीय झण्डा दिवसको लागि समेत जनचेतना र्‍यालि गर्दै आईरहेको अभियानका आर्थिक संयोजक श्याम बजगाँईले जानकारी दिए ।