धोनी फेरि बने भारतीय टी-२० टिमको कप्तान - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

धोनी फेरि बने भारतीय टी-२० टिमको कप्तान



काठमाडौं- सन्यासको लिने चर्चामा रहेका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई एकदिवसीय र टी २० टिमको कप्तान नियुक्त गरिएको छ ।

बुधबार धोनीलाई इएसपीएन क्रिकइन्फोको दशकको एकदिवसीय र टी २० टिमको कप्तान नियुक्त गरिएको हो । साथै विराट कोहलीलाई टेस्ट टीमको कप्तान नियुक्त गरिएको छ।

खेलाडीले कम्तिमा ५० टेस्ट खेलेको र परम्परागत ढाँचामा ६ बर्षसम्म सक्रिय रहेको आधारमा २३ सदस्य समितिले यस्तो छनौट गरेको हो ।

एकदिवसीय खेलका लागि ७५ म्याच र टी २० टिमका लागि १०० म्याचहरू अनिवार्य थिए। अफ स्पिनर आर अश्विनलाई पनि टेस्ट इलेवनमा छनोट गरिएको छ । उनी स्पिनर कुलदीप यादव र युजवेन्द्र सिंह चहलको आगमनपछि बाहिर रहेका छन् ।

इङ्गल्याण्‍डका एलिस्टर कुक र न्यूजील्याण्डका केन विलियमसन पनि टोलीमा समावेश गरिएको छ । कोहलीले ५४.९ को औसतमा ७ हजार २ सय २ रन बनाएका छन‍ भने अश्विनले ३६२ विकेट लिएका छन्।

कोहली तीनै प्रारूपमा चयन गरिएका एक मात्र भारतीय हुन्, जबकि रोहित शर्माले एकदिवसीय खेलमा भाग लिइएका छन्। जसप्रीत बुमराह, कोहली र धोनी टी २० टिममा छन्। टी २० टोलीमा वेस्टइंडीजका खेलाडी क्रिस गेल, ड्वेन ब्राभो, सुनील नरेन, किरोन पोलार्ड र आन्द्रे रसल छन्।

पछिल्लो दशकको टेष्ट टीम

विराट कोहली (कप्तान), एलिस्टर कुक, डेभिड वार्नर, केन विलियमसन, स्टीव स्मिथ, बेन स्टोक्स, एबी डिविलियर्स (विकेटकीपर), रविचंद्रन अश्विन, जेम्स एंडरसन, डेल स्टेन र रंगना हेराथ।

पछिल्लो दशकको एकदिवसीय टीम

महेन्द्र सिंह धोनी (कप्तान, विकेटकीपर), एबी डिविलियर्स, ट्रेन्ट बोल्ट, हाशिम अमला, रस टेलर, मिशेल स्टार्क, रोहित शर्मा, लसिथ मलिंगा, विराट कोहली, शाकिब अल हसन, इमरान ताहिर।

पछिल्लो दशकको टी २० टीम

महेन्द्र सिंह धोनी (कप्तान, विकेटकीपर), एबी डिविलियर्स, ड्वेन ब्रावो, क्रिस गेल, रशीद खान, सुनील नरेन, किरोन पोलार्ड, लसिथ मलिंगा, विराट कोहली, आन्द्रे रसल र जसप्रीत बुमराह।।