नेपालका अर्जुन थापा जो नयाँ वर्षकै दिन कश्मिरमा मारिए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपालका अर्जुन थापा जो नयाँ वर्षकै दिन कश्मिरमा मारिए



भारत- भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापामगरको ज्यान गएको छ ।

जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो ।

तीमध्ये एक गोरखाका थापामगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले खबर लेखेको छ ।

भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए ।

घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् ।

थापामगर नेपालका गोर्खा जिल्लाका भएको उनले बताएका छन् ।

सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।

भारतीय सेनाका प्रवक्ताले भनेका छन्, ‘राइफलम्यान मगर धेरै बहादुर, आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दर सैनिक थिए । ती बहादुर सिपाहीले वीरगति पाउँदा भारतीय सेना शोकमा छ ।’