भ्रमण वर्षको शुभारम्भ: यसरी गरियो पर्यटकलाई स्वागत - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भ्रमण वर्षको शुभारम्भ: यसरी गरियो पर्यटकलाई स्वागत



काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० शुभारम्भकै क्रममा सुदूरपश्चिम प्रदेशमा पनि कार्यक्रम गरिएको छ ।

भ्रमण वर्षका अवसरमा बुधबार धनगढीस्थित संघीय प्रहरी कार्यालयको मैदान भव्य कार्यक्रम गरेर सुदूरपश्चिम भ्रमणका लागि आव्हान गरिएको छ ।

औपचारिक कार्यक्रम गर्नुअघि धनगढीको चौराहा र क्याम्पस रोडबाट र्‍याली निकालिएको थियो । प्रदेशका विभिन्न स्थानीय निकायहरुले पनि छुट्टाछुट्टै रुपमा भ्रमण बर्षको शुभारम्भ गरिरहेका छन् ।

मुख्य समारोह अघि प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरी पर्यटन गतिविधिलाई अगाडी बढाउने लक्ष्य रहेको बताए ।

उनले प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारसँगै स्थानीय खानाका परीकारको प्रचार गरी पर्यटकलाई आकर्षण बढाउनु पर्ने बताए । यता, भ्रमण बर्ष २०२० को अवसरमा चितवनमा पनि बिभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

भ्रमण बर्षको पहिलो दिन चितवन आएका पर्यटकलाई भव्य रुपमा बाजागाजासहित स्वागत गरिएको छ ।

जिल्ला समन्वय समिति, चितवनका विभिन्न पालिकाहरु, जिल्ला प्रशासन कार्यालय लगायत होटल व्यवसायी लगायतले चितवन आएका विदेशी पर्यटकलाई भरतपुर विमानस्थलमै स्वागत गरेका हुन् ।

पर्यटकलाई फूलमालाले स्वागत गरिएको थियो । पर्यटकीय क्षेत्र सौराहामा समेत पर्यटकलाई रत्ननगर नगरपालिका र व्यवसायीहरुले स्वागत गरेका थिए ।