पुरै ठिक भएका छैनन् प्रधानमन्त्री ओली: यस्तो छ खास अवस्था - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पुरै ठिक भएका छैनन् प्रधानमन्त्री ओली: यस्तो छ खास अवस्था



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्ण रूपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने।

प्रधानमन्त्रीको पेटमा शल्यक्रियापछि लगाइएका टाँका अघिल्लो साता नै हटाइसकिएको छ। ‘अब उनमा शल्यक्रियापछि देखिएको संक्रमण छैन,’ अर्का चिकित्सकले भने।

संक्रमणको असर पेट र रगतमा देखिएको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए। याे खबर आजकाे कान्तिपुरमा छापिएकाे छ।

हाल प्रधानमन्त्री सक्रिय रूपमै काममा फर्किए पनि केही बचाउका उपाय अपनाउनु राम्रो हुने विशेषज्ञहरू औंल्याएका छन्।

शल्यक्रियाको असरबाट सामान्य रूपमा मुक्त भए पनि प्रधानमन्त्री ओली मौसमी रुघाखोकीबाट जोगिनुपर्ने विशेषज्ञहरूको भनाइ छ।

मंसिर ९ गते प्रधानमन्त्रीलाई एक्कासि पेटमा एपेन्डिसाइटिसको दुखाइ सुरु भएको थियो।

उक्त संक्रमण भएको २/४ घण्टामै पेटभरि फैलिएको थियो। त्यसपछि शल्यक्रिया गरिएको थियो।