अब कैदीलाई जेलभित्रै जागिर, सजायसमेत छुट - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अब कैदीलाई जेलभित्रै जागिर, सजायसमेत छुट



काठमाडौं- कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन्। जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ।

कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने उल्लेख छ।

यसबापत उनीहरूले पारिश्रमिकका साथै कैद सजायमा समेत छुट पाउनेछन्।

विधेयकअनुसार जागिर खानेले एक महिनामा पाँच दिनबराबर कैद छुट पाउनेछन्।

उनीहरूले कारागार परिसरभित्र स्थापना गरिएका कारखानामा मात्र जागिर पाउनेछन्। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

उनीहरूलाई पछि विकास निर्माणका काममा पनि लगाउने कारागार व्यवस्थापन विभागको अधिकारीहरूको भनाइ छ।