जब शान्ता चौधरीको सपना साकार भयो... - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

जब शान्ता चौधरीको सपना साकार भयो…



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्रिर्ण गरेकी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज जान थालेकी छिन् ।

उनले यसै वर्ष मात्रै दाङको तुलसीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन् ।

एसइई पास गरेपछि चौधरीले काठमाडौँ कोटेश्वरस्थित हिमालय कलेजमा कानुन विषयको अध्यायन केही समयअघि थालेकी हुन् ।

उनले सोमबार फेसबुकमा कलेज ड्रेस लगाएको फोटो सहित एक पोस्ट गर्दै आफूले सपनाहरु बिपनामा परिणत गर्दै गएको बताएकी छिन् ।

उनले फेसबुकमा पोस्ट लेख्दै उनले भनेकी छन् ‘जीवनको भोगाइ र व्यबहारबाट असीमित सिकाई भएकै थियो । भोगाईकै क्रममा कयौं परिक्षामा सहभागी भएकै थिएँ । ती सिकाई र परिक्षाबाट मैले शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गर्न सकिन ।

एसईई परिक्षा उतिर्णसँगै औपचारिक शिक्षाका बाटो खुलेको छ । नयाँ अनुभव बटुल्न थालेको छु। प्रिय लाग्न थाल्यो कलेज , झनै प्रिय लाग्न थाले यी साथी । जुन सपनाहरु अधुरा थिए तिनै सपनाहरु आज बिपनामा परिणत गर्ने जमर्को गर्दैछु । त्यसैले धेरै खुशी छु म ।

यही खुशीको क्षणमा म प्रति सद्भाव राख्ने र दुःखमा साथ दिनुहुने सम्पुर्ण प्रति सम्मान व्यक्त गर्दछु ।’