कपिलबस्तु र नवलपरासीका वडा कार्यालयहरू जलाइए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कपिलबस्तु र नवलपरासीका वडा कार्यालयहरू जलाइए



काठमाडौं-आइतबार राति नवलपुर र कपिलवस्तुका वडा कार्यालयहरूमा आगजनी गरिएको छ ।

अज्ञात समूहले नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी गरेको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय र पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालयमा आगजनी भएको हो ।

आगलागीबाट कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय पूर्ण रूपमा जलेको छ । कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् ।

यसैगरी, आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको छ । फाइल तस्बिर