सामाजिक सञ्जालमा जिस्काए पाँच वर्ष जेल, १५ लाख जरिवाना - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सामाजिक सञ्जालमा जिस्काए पाँच वर्ष जेल, १५ लाख जरिवाना



काठमाडौं- अब नेपालमा सामाजिक सञ्जाल चलाउँदा निकै होसियार हुनुपर्ने भएको छ ।

सामाजिक सञ्जालमा कसैको मानमर्दन गरे कडा सजाय राखिने भएको छ ।

आइतबार पारित गरिएको विधेयकले कडा सजायँ हुने ब्यबस्था गरेको छ ।

सामाजिक सञ्जालको प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानी हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको गतिविधि गरे पाँच वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान राखिएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकले सूचना प्रविधिसम्बन्धी विधेयकमा यस्तो विषय समेटेर पारित गरेको हो ।

समिति बैठकबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ । विधेयक संघीय संसदबाट पारित भएपछि सामाजिक संजालहरुमा कसैलाई अपमान गर्ने, हतोत्साहित गर्नेजस्ता टिप्पणी गरेमा वा लेखिएमा कारबाही हुनेछ ।

फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ ।