सिबिओ विकास केन्द्रको सामाजिक परिक्षण सम्पन्न - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सिबिओ विकास केन्द्रको सामाजिक परिक्षण सम्पन्न



सुखड, कैलाली- सि .बि. ओ. विकाश केन्द्रको आयोजना र विकास कोष नर्वे सहयोगमा सि.वि.ओ नेपालको सामाजिक परिक्षण तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम आज सुखडमा सम्पन्न भएको छ।

बिगत ३ बर्ष देखि यस संस्थाले घोडाघोडी नगरपालिका अन्तरर्गत ६ वटा वडाहरुमा कार्यक्रम गर्दै आएको छ । जसअन्तरर्गत वडा नं २ , ४, ५, ६, ८ र वडा नं ९ रहेका छन् । यी वडाहरुलाई सि .वि .ओ. विकाश केन्द्रले बिभिन्न संस्था , महिला समुह, सहकारी मार्फत बिभिन्न किसिमका तालिम दिईरहेको संस्थाका अध्यक्ष रुप बहादुर चौधरीले जानकारी दिए ।

संस्थाले कृषकहरुलाई नि:शुल्क रुपमा बेसार खेति, गहु खेति,फलफुल खेति , च्याउ खेति को तालिम लगाएत उन्नत जातका बिउबिजन दिएको अध्यक्ष चौधरीले बताए । साथै बङगुर पालन तालिम, सिलाई कटाई तालिम , नास्ता पकाउने तालिम समेत दिएको उनले जानकारी दिए ।

पछिल्लो समयमा घर खर्च चलाउन नि गाह्रो भईरहेका वेला सि .वि.ओ. बिकाश केन्द्रले दिएको नास्ता पकाउने तालिम र अनुदानले गर्दा अहिले दैनिक रुपमा २ हजार देखि ३ हजारसम्म कमाउन थालेको चौधरी महिला बचत समुह देउकलिया कि सदस्य बिष्णु चौधरीले बताइन् । अहिले त्यहि पैसाले छोरा छोरी पढाउन देखि लिएर घर खर्च समेत चलाईरहेको चौधरीले बताइन् ।