प्रचण्ड भन्छन: अबको निर्वाचनमा नेकपा बाहेक कसैले जित्दैन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रचण्ड भन्छन: अबको निर्वाचनमा नेकपा बाहेक कसैले जित्दैन



चितवन- पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा बाहेक कसैले नजित्ने ठोकुवा गरेका छन् ।
उनले आफ्नो पार्टीले एक्लै दुई तिहाई भन्दा पनि बढी सिट जित्ने दाबी समेत गरे ।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार(आज) नेकपाले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले एक्लैले दुई तिहाई भन्दा बढी सिट ल्याउने बताएका हुन् ।

निर्वाचन आउन तीन वर्ष बाँकि रहेको भन्दै प्रचण्डले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउँदा दुई तिहाइ सीट ल्याउन सकिने बताएका हुन् ।

प्रचण्डले भने,‘ अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।’

पार्टी एकीकरण प्रकृयाले लामो समय लिँदा केही समस्या देखिएको भएपनि आगामी दिनमा भने केही समस्या नदेखिने उनको भनाइ थियो ।

पार्टी एकताको काम सकिएको भन्दै प्रचण्डले अब केन्द्रीय कमिटीको बैठकपछि कार्यकतासँग पुग्ने बताए ।

पार्टी एकतामा भएको ढिलाई र समन्वयको कमीले गर्दा स्थानीय तहको चुनावमा केही स्थानमा हार खाएको स्वीकार गर्दै प्रचण्डले समग्र परिणामले उत्साही बनाएको र केही स्थानको नतिजाले शिक्षा दिएको समेत बताए ।