अमेरिकाको दुई शहर, अस्ट्रेलिया लगायतका २० स्थानमा नेपालको झण्डा - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अमेरिकाको दुई शहर, अस्ट्रेलिया लगायतका २० स्थानमा नेपालको झण्डा



काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा यसको तयारी पनि तिब्र रूपमा भैरहेको छ ।

प्रचार प्रसारका अन्य काम गरिरहेकै बेला संसारका अग्ला स्थानमा नेपाल भ्रमण वर्षको विज्ञापन गर्ने तयारी भएको छ ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा अर्थात् २०१९ डिसेम्बर ३१ मा विश्वका २० अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो राखिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन।

अमेरिकाको दुई शहर, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स, हङकङ, जर्मनी, बेल्जियम, यूके, यूएसए, युरिल्यान्ड, क्यानडालगायत स्थानका २० अग्ला भवन तथा टावरमा नेपाली झन्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराउने कार्यक्रम राखिएको पर्यटन मन्त्रीले जानकारी दिएका छन्।

यसका लागि एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आग्रह गरिएको उनले यसलाई सहर्ष स्वीकार गरेको मन्त्री भट्टराईले जानकारी दिएका हुन्।

भट्टराईले लेखेका छन्,

VNY 2020 र नयाँबर्षका सन्दर्भमा विश्वका अग्ला भवन र टावरहरुमा नयाँबर्षको अधिल्लो साँझ Dec 31 मा नेपालको राष्ट्रिय झन्डा र VNY को लोगो फहराउन गैर आबासीय नेपाली संघ ( NRNA) का अध्यक्ष कुमार पन्तजीलाई अनुरोध गरेकोमा वहाँले सहर्स स्वीकार गर्दै

  • Sydney, Australia
  • Wellington, New Zealand
  • Tokyo, Japan
  • Seoul, South Korea
  • Doha, Qatar
  • Dubai, UAE
  • Hong Kong
  • Munich, Germany
  • Brussel, Belgium
  • London, UK
  • New York, USA
  • Dublin, इरेल्यान्ड
  • Toronto क्यानाडा
  • Chicago USA
    लगायतका स्थानमा गर्न सम्बन्धित देशका NRN का मित्रहरुलाई अनुरोध गरिएको जानकारी दिनुभएको छ । कुमारजीलाई धन्यवाद र उपरोक्त बाहेकका अन्य ठाउँमा समेत यो कार्यलाई अघि बढाउन सम्बन्धित देशका NRN का मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु ।

पर्यटन प्रवर्दनको यस्तो तरिकाकोबारे सामाजिक संजालमा चर्चा भैरहेको छ ।