बुटवलमा शृंखलाबद्ध बम विस्फोट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बुटवलमा शृंखलाबद्ध बम विस्फोट



बुटवल – बुटवलमा शृंखलाबद्ध बम विस्फोट भएको छ । सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति शृंखलाबद्ध बम विस्फोट भएको हो ।

टेलिकम सेवा प्रदायक एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति १० बजेतिर शृंखलाबद्ध बम विस्फोट भएको हो ।

आज शनिबार एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको प्रहरीले अनुमान गरेको छ ।

बिहीबार चन्द नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक विज्ञप्ति जारी गर्दै राज्यलाई कर नतिरेको भन्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए ।

विस्फोटपछि कन्सर्ट स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।