दिपकराज गिरीले ‘छक्का पञ्जा ४' बनाउने, रिलिज मिति घोषणा - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

दिपकराज गिरीले ‘छक्का पञ्जा ४’ बनाउने, रिलिज मिति घोषणा



काठमाडौं- निर्माता तथा अभिनेता दिपकराज गिरीको समुहले ‘छक्का पञ्जा ४’ बनाउने भएको छ।

छक्का पञ्जा ३ पछी छ मायाँ छ्प्पक्कै बनाएको यो समुहले एक पछी अर्को हिट चलचित्र दिँदै आइरहेको छ ।

छ माया छपक्कैबाट ऐतिहासिक ब्यापार गर्न सफल यो समुहले छक्का पञ्जाकै सिरिजलाई निरन्तरता दिने भएको हो ।

अब बनाउने चलचित्र आगामी वर्षको दशैंमा रिलिज गर्नेगरी तयारी गरिएको बताइएको छ ।

दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको हो ।

चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे ।