विप्लव समुहको 'नयाँ' प्लान: तलदेखि माथिसम्म परिवर्तन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

विप्लव समुहको ‘नयाँ’ प्लान: तलदेखि माथिसम्म परिवर्तन



काठमाडौं- विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै देशैभर आफ्नो गतिविधि बढाएको छ ।

संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको समुहले अहिले नयाँ रूपले अगाडी बढिरहेको बताइएको छ ।

चन्दा अभियानलाई तिब्रता दिँदै जनसत्ता निर्माण र सेनाको प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरिसकेको छ भने आफ्नो सदस्यता वृद्धिलाई तीव्र बनाएको छ।

चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको छ । राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन बिप्लप समुहले गरिरहेको छ ।

केहि समय पहिलेसम्म नेपाल बन्द गराएर आफ्नो सक्रियता देखाउदै आएको पार्टीले अव जनप्रतिनिधीको अपहरण समेत गर्न थालेको छ । स्थानिय तहको निर्वाचनको समयमा निर्वाचनलाई नै असफल बनाउन खोजेको पार्टी अहिले रातारात संगठनको बलियो विकासमा लागेको छ ।

यसैक्रममा कर्णाली प्रदेश अन्तरगत रहेको कालिकोट जिल्लाका सबै स्थानीय तहमा समेत तालाबन्दी गरेका थिए। दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं भन्ने मुल नारासहित भेरी कर्णाली व्युरोले स्थानीय तहमा तालाबन्दी गरेको थियो ।

संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको पार्टीले चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील रहदै आएको छ ।

राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको बताउने पार्टीले अहिले भ्रष्टाचार गर्ने तथा पार्टीलाई सहयोग नपु¥याएको भन्दै जनप्रतिनिधीलाई अपहरण समेत गर्न थालेको छ ।

अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही दम्पत्तीलाई शनिबार मध्यरातमा ओछ्यानबाटै अपहरण गरेको थियो।

उनलाई अपहरण गरेर कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नम्बर १ स्थित छात्तिको जंगलबाट पु¥याएपनि प्रहरीले सुईको पााँउदा अपहरणमा परेको ११ घण्टापछि उनलाई प्रहरीले अपहरणमुक्त गराउन सफल भएको थियो ।

त्यस्तै पार्टीले गत जेठ महिनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास समेत गरेको थियो ।

उक्त समय सोलुखुम्बुमा विप्लव नेतृत्वको गतिविधि बढेको आसंकामा सरकारले नेपाली सेना सहितको हेटिकप्टर उक्त क्षेत्रमा पठाएको थियो ।

जानकारहरूले भने विप्लव समुहले पछिल्लो समय नयाँ शैलीले काम गरिरहेको बताएका छन् । पछिल्लो समय पार्टीमा छिर्ने र सुराकी गर्नेको संख्या बढेपछी समस्यामा परेको यो समुहले आफ्नो प्लानमा तलदेखि माथिसम्म परिवर्तन गरेको बताएका छन् ।