आइजिपीको चीन भ्रमण रोक्नुको यस्तो छ खास रहस्य - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आइजिपीको चीन भ्रमण रोक्नुको यस्तो छ खास रहस्य



काठमाडौं- केहि समययता प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका एक पछि अर्को गर्दै अन्तराष्ट्रिय भ्रमण सरकारले रद्द गर्दै आएको छ ।

एक पछि अर्को भ्रमण चरणवद्ध रद्द गर्नुले कतिपयले शंकाको नजरले हेरेका छन् भने कतिपयले विभिन्न अड्कल लगाएका छन् ।

सरकारले महानरीक्षक खनालको चीन भ्रमण पनि अस्वीकृत गरेको छ । चीन भ्रमण पनि रद्द गर्नुले केहि रहस्य जन्माएको छ ।

गृहमन्त्रीयस्तरीय भ्रमणमा आइजिपी खनालको नाम समावेश गरिएको भए पनि सरकारले उनको नाम हटाएको हो ।

खासमा चीन सरकारको आग्रहपछि नै उनको नाम हटाइएको बताइएको छ । चिनिया नागरिकको एकाएक पक्राउले यस्तो अवस्था ल्याएको खुलेको छ ।

नेपाल प्रहरीले केही दिनअघि मात्र राजधानीका विभिन्न स्थानमा बसिरहेका एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेको भन्दै चिनले उनको भ्रमण स्थगित गरेको बताइएको छ ।

पर्यटक भिसामा नेपाल आएका चीनिया नागरिकले अनलाइनमार्फत चीनमा ठगी गरिरहेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । आइजीपि खनालको चिन भ्रमणलाई स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।