राजपा नेपाल सरकारमा जाने - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

राजपा नेपाल सरकारमा जाने



काठमाडौं । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने बताएका छन् ।

पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने उनको भनाइ छ ।

‘सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर, उधारो सहमति गरिँदैन ।’

राजपाले उठाउँदै आएको माग सम्बोधन नभए पार्टी सरकारमा सहभागी नहुने उनले स्पष्ट पारे । राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएमा पार्टीले पनि सोहीअनुसार सहयोग गर्दै अगाडि बढ्न सक्ने उनले बताए ।

संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा लागेका झुटा मुद्दा फिर्तालगायत माग राजपाले उठाउँदै आएको छ ।

सरकार यी माग सम्बोधन गर्न तयार भएको खण्डमा राजपाले पनि सरकारलाई सहयोग गर्ने उनले बताए ।