अमिताभ सिकिस्त: आफैले लेखे ठिक हुन्छ भन्ने अवस्था छैन - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

अमिताभ सिकिस्त: आफैले लेखे ठिक हुन्छ भन्ने अवस्था छैन



मुम्बई– बलिउड अभिनेता अभिताभ बच्चन बिरामी भएकाले केही दिन कुनै पनि कार्यक्रम एवं समारोहमा सहभागी हुन नसक्ने भएका छन् ।

उनलाई चिकित्सकले घरमा पूर्ण रूपमा आराम गर्न सल्लाह दिएका छन् ।

उनले ट्वीटरमा लेख्दै आफू केही दिनदेखि बिरामीले थला परेको र कहिले ठीक हुन्छ भन्ने अवस्था नरहेको बताएका छन् ।

चिकित्सका अनुसार उनलाई ज्वरो आएको छ । अभिताभ केही समय यताबाट घाँटी, हेमस्ट्रिंग र ढाड तथा कम्मरको दुखाइबाट पीडित छन् ।

उनलाई घाँटी ढाडको नसाको दुखाइले समस्या दिएको छ । जसका कारण बस्न र हिँड्नसमेत गाह्रो भएको यी अभिनेताको भनाइ छ ।

केही दिनदेखि लगातार आएको ज्वरोले आफूलाई नछाडेको भनाइ अमिताभको छ । उनको डेंगुलगायत विभिन्न परीक्षण पनि भइरहेको छ ।

भारत सरकारले प्रदान गरेको राष्ट्रिय पुरस्कार समारोहमा आफू ज्वरोकै कारण उपस्थित हुन नसेकेको अमिताभले ट्वीरमा लेखेका छन् ।