ओलीमाथि थपियो जिम्मेवारी: थप दुई मन्त्रालय आफैले हेर्ने - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

ओलीमाथि थपियो जिम्मेवारी: थप दुई मन्त्रालय आफैले हेर्ने



काठमाडौं- समाजवादी पार्टीले सरकार छाडेसँगै दुई मन्त्रालय खाली भएका छन्।

समाजवादीले छाडेका दुबै मन्त्रालय अब भने प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले नै सम्हाल्ने भएका छन्।

प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इश्तियाक राईको राजीनामापछि दुबै मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका छन्।

समाजवादीबाट सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार राजीनामा दिएपछि बुधबार राष्ट्रपति भण्डारीले दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी हुन्।

समाजवादी पार्टीले कानुन मन्त्रालय र शहरी विकाश मन्त्रालय सम्हालेको थियो ।

मंगलबार सरकार छाडेको समाजवादी पार्टीले बुधबार पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । यससंगै दुईतिहाई शक्ति भएको सरकार अब बहुमतको मात्र भएको छ ।

सरकारमा साथ् दिएको दलले छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने अब विश्वासको मत लिनुपर्ने भएको छ ।