प्रधानमन्त्री ओली र राजेन्द्र महतोको गोप्य भेट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रधानमन्त्री ओली र राजेन्द्र महतोको गोप्य भेट



काठमाडौं- समाजवादी पार्टी एकाएक बाहिरिएपछि राजपा नेपालका संयोजक राजेन्द्र महतोले र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेट भएको खुलेको छ।

बुधबार बिहानै उनीहरूबीच भेटवार्ता भएको स्रोतले जानेको छ । विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एक्लै भेट्न पुगेका महतो बैठकपछि खुशी हुँदै फर्किएका थिए ।

समाजवादीले सरकार छाडेपछि देखिएका केहि दृश्यमध्य यो पनि एउटा गज्जबको दृश्य नै हो ।

समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ । समाजवादीले सरकारबाट समथर्न फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले पनि विश्वासको मत लिनुपर्नेछ ।

यस्तो अवस्थामा ओलीले राजपा नेपालका संयोजक महतोसँग आज भेट गरेका छन्न् । राजपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने सहमति गर्नकै लागि उनीहरू भेट भएको स्रोतको दाबी छ ।

स्रोतको जानकारीअनुसार आजको भेटवार्तामा सभामुखको निर्वाचन, सरकारमा सहभागितालगायतका विषयमा कुराकानी भएको थियो ।

महतोले आफ्ना मागहरु पूरा गरेर राजपा सरकारमा सहभागी हुनसक्ने संकेत गरेका थिए । महतोले पार्टीको तर्फबाट मुद्दा फिर्ताको कुरा उठाएका थिए । तर, संविधान संशोधनको बारेमा भने कुनै कुरा भएको छैन् ।