रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध बिच्छेद - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध बिच्छेद



काठमाडौं : चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ ।

बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो।

लामो समयदेखि उनीहरूबीच सम्बन्ध त्यति ठिक नरहेको बताइएको थियो ।

बुधबार सम्बन्ध बिच्छेद गरेको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको बताइएको छ।

ढकाल दम्पतीले आपसी सहमतिमै सम्बन्ध बिच्छेद गरेको बताइएको छ ।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो ।

उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका चर्चा समेत चलेको थियो ।

पाश्र्वगायनमा स्थापित गायक मानिने रामकृष्ण पछिल्लो समय स्वदेश एवं विदेशमा स्टेज गायनमा सक्रिय छन् ।

गायनको अतिरिक्त चलचित्र आशिर्वादमा अभिनय समेत गरेका रामकृष्ण प्राय आफ्नो गीतमा आफै मोडलिङ गर्छन् ।

उनले केही भिडियोमा निलमलाई पनि मोडलिङ गराएका थिए ।

ललितपुरमा रहेको एक सहकारीसंग आर्थिक विवादमा समेत परेका ढकालका दर्जनौ गीत चर्चित छन् ।