५ नम्बर प्रदेशको राजधानी सार्ने प्रपञ्च भए सह्य हुँदैन: बालकृष्ण खाँण - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

५ नम्बर प्रदेशको राजधानी सार्ने प्रपञ्च भए सह्य हुँदैन: बालकृष्ण खाँण



बुटवल- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्ने बताएका छन् ।

राजनीतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त भएको भन्दै उनले प्रदेश सभालाई बुटवलबाट बाहिर राजधानी नलैजान आग्रह समेत गरेका छन्।

नेता खाँणले सबै हिसावले उपयुक्त भएकैले कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी बुटवललाई तोकेतो पनि बताए ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुधवारदेखि शुरू भएको औद्यौगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले प्रदेशको स्थायी राजधानी बुटवल नै हुने बताए ।

‘बुटवल राजधानी तोकिएकोमा कतिपयको चित्त बुझेको छैन तर यातायातको सुगम केन्द्र बुटवल, भैरहवा नै हो । बुटवलबाट राजधानी सार्ने प्रयत्न भए त्यसलाई थेग्न सक्नुहुन्न ?’ उनले भने ।

प्रदेशसभा स्थापना भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेशको राजधानी र नामाकरणको विषय अझै अन्योलमा छ । राजधानी तथा नामाकरण विशेष समितिले प्रदेश सभालाई प्रतिवेदन बुझाएको छ ।

भारतसँगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानीका लागि उपयुक्त भएको उनले बताए । विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै राजधानी सार्ने प्रपञ्च नगर्न उनको सुझाव छ ।

नेपाली कांग्रेसको सरकाले अस्थायी राजधानी तोकेको र यसलाइ स्थायी बनाउने अधिकार प्रदेश सभालाई भएकाले अविलम्ब राजधानी र नामाकरण गर्न उनको आग्रह गरे । ‘प्रदेश १, प्रदेश ६ र ७ को राजधानी पनि मध्यभागमा छैन,’ नेता खाणले भने ।

रूपन्देही र प्रदेश ५ कै नागरिकको भावना बुटवल राजधानी बनाउनुपर्ने मत रहेको उनले बताए ।