पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले दियो गुल्मीमा एम्बुलेन्स - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले दियो गुल्मीमा एम्बुलेन्स



देबेन्द्र केसी/नयाँ दिल्ली
पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले गुल्मीमा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सामाजिक क्षेत्रमा परोपकारी कार्य गर्ने ध्येयले स्थापना गरिएको ‘पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठान’ ले गुल्मी जिल्लाको सुदुर पुर्वको कालीगण्डकी गाँउपालिका,वडा नम्वर सात स्थित ‘भुर्तुङ्ग स्वास्थ्य चौकी’ लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

काठमाण्डौको बत्तिसपुतलीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानकी संरक्षक पबित्रा पौडेल, नेपाली काँग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, प्रतिष्ठानका अध्यक्ष गोकर्ण पौड्याल, कार्यकारी सदस्यहरु बाबुराम पौडेल र कृष्ण पौडेलले संयुक्त रुपमा एम्बुलेन्सको साँचो वडा अध्यक्ष लोकप्रताप शाह लाई हस्तान्तरण गरेका छन।

कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले ‘सुदुर गाँउले डोकोमा बिरामी बोक्ने सास्तिको अन्त्य हुने’ भन्दै ‘पंण्डित बेणीमाधव पौडेल प्रतिष्ठान’ को मुक्तकंण्ठले प्रसंसा गरेका थिए।

कार्यक्रममा बोल्दै प्रतिष्ठान अध्यक्ष गोकर्ण पौडेलले बुबा बेणीमाधवले देखाएको सत्य र परोपकारको मार्ग अनुसरण गरेको बताए। बुवाले धर्मकर्ममै जिवन ब्यतित गर्नुभयो, गाँउमा परोपकारी मन लिएर हिड्नुभयो, हामी यो सानो सहयोग मार्फत बुबाको आत्म शान्तिको प्रार्थना सहित गाँउको ऋण तिर्ने कोषिश गरेका छौ, अध्यक्ष पौडेलले भने ।

कार्यक्रम वडाअध्यक्ष लोकप्रताप शाहले पौडेल परिवारको यो सहयोगले भुर्तुङ्ग हर्षबिभोर भएको बताए ।

स्व.पंण्डित बेणीमाधव पौडेलको ८०औ जन्मजयन्तीको अवसर पारेर सो एम्बुलेन्स वडालाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा भुर्तुङ्ग-काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष दिपक ढकाल, छापचौर तमेका समाजसेवी सर्जुन कुमार क्षेत्री लगाएतका बुद्धिजिवीहरुको सहभागिता रहेको थियो।

एम्बुलेन्स पाएपछि भुर्तुङ्गेली नागरिकहरुले पनि खुसियाली ब्यक्त गरेका छन। अनिश ढकाल,सुरेश श्रेष्ठ,दिपक ढकाल,जिवन गौतम,टिका सुबेदी लगाएतका युवाहरुले मुक्तकंठले प्रसंसा गरेका छन।