आकासमा उड्ने विमान आकासे पुलमुनी फस्यो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आकासमा उड्ने विमान आकासे पुलमुनी फस्यो



एजेन्सी- तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ?

तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला ।

तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको छ ।

वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो ।

तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो ।

विमान त्यहाँ फसेको देखेर मानिसहरुहरुको भीड लाग्यो जसको असर ट्राफिकमा पनि पर्‍यो ।