सिस्टम ह्याक: मंसिर पछिका सबै डाटा गायव, स्थानीय तहमा कन्तबिजोग - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सिस्टम ह्याक: मंसिर पछिका सबै डाटा गायव, स्थानीय तहमा कन्तबिजोग



काठमाडौं- अज्ञात समूहले सिस्टम ‘ह्याक’ गरेपछि केही दिनदेखी स्थानीयतहहरुको कन्तबिजोग नै भएको छ।

ह्याक गरेको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

महालेखा नियन्त्रण कार्यालय (मलेनिका) ले डेभलप गरेको ‘स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र)’ गत शुक्रबार देखि ‘ह्याक’ भएको थियो।

५ दिन पहिला नै सुत्र ह्याक भएपछि देशभरका गाउँ तथा नगरपालिकाको वित्तीय कामकाज ठप्प भएको छ।

स्थानीय तहमा क्रमागत र नयाँ योजनाहरु समेत प्रभावित भएको बताइएको छ ।

शुक्रबार विहानदेखि चल्न छाडेको सुत्र सिस्टम मर्मत गर्न मलेनिकाको सूचना प्रविधि शाखाको प्राविधिक टोलीले अनुसन्धान गर्दा ह्याक भएको पत्ता लागेको थियो।

ह्याक भएको जानकारी भएदेखि नै मर्मत सुरु गरिए पनि मंगलबार दिउँसोसम्म सुत्र चल्न नसक्दा कार्यालयको काममा बाधा भएको छ।

शुक्रबार सुत्रमा समस्या आएपछि कम्प्युटराईज्ड सरकारी लेखा प्रणाली (सिजीएएस) अनुसार सबै स्थानीयतहको आर्थिक गतिबिधि बिजोग बनेको हो ।

युएसएआइडीले सहयोग गरेको सुत्र सिस्टम नै अविस्वाशिलो भएको केहि जनप्रतिनिधिले गुनासो गरेका छन् ।

सिस्टम सामान्य रुपमा चले पनि मंसिर १२ देखि पुस ४ गतेसम्मको सबै विवरण पुरै नष्ट भएको र फेरी दर्ता गर्नुपर्ने भएको छ ।

अद्यावधिक गरिएको विवरण पुनः प्रविष्ट गर्नुपर्दा झन्झटिलो भएपछि पालिकाले दिनुपर्ने भुक्तानीको काममा बाधा आईपरेको जनाइएको छ ।

सुत्र नचल्दा गाउँपालिकाको क्रमागत योजनाका कामको भुक्तानी दिन नपाएर नयाँ योजना सञ्चालनमा समस्या आईपरेको गुनासो छ ।

महालेखा नियन्त्रण कार्यालयकाले भने सुत्र चल्न थालेको जानेको छ ।

अज्ञात समूहले शुक्रबार विहान ह्याक गरेपछि हराएका विवरणहरुको खोजी गर्दा धेरै मर्मत भएको तर, मंसिर १२ देखि पुस ४ सम्मको भने प्राप्त नभएकाले त्यतिबेलाका कागजात हेरेर पुनः प्रविष्ट गर्नुपर्ने महालेखाले जनाएको छ ।

महालेखाको इन्जिनियरको टोली ह्याक भएदेखि रिकभरका लागि लागिरहेको थियो तर, पूर्ण रूपमा फाइल रिकभर गर्न सकेको छैन।

सुत्र ह्याक समूहको खोजी प्रहरी लगाएर भईरहेको बताइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ह्याकरको खोजी गरिरहेको जनाइएको छ ।