उपेन्द्र यादवलाई ओलीले पटक-पटक अपमान गरेको खुलासा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

उपेन्द्र यादवलाई ओलीले पटक-पटक अपमान गरेको खुलासा



काठमाडौं- समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाडेको छ । सरकार छाडेकोबारे विभिन्न अड्कलबाजी भैरहेको बेला सरकार छाड्नुको रहस्य पनि खुलेको छ।

समाजवादी पार्टीकै एक नेताका अनुसार प्रधानमन्त्री ओलीले नेताहरूलाई अपमान गरेको र तल्लोस्तरको सब्द प्रयोग गरेकोले सरकार छाडेको बताएका छन् ।

केहि समय अगाडी प्रधानमन्त्री ओलीले आफूलाई धेरै माया गरेर नयाँ मन्त्रालय दिएको भाषण गरेका समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई उनै प्रधानमन्त्रीले दुर्व्यबहार गरेको पनि खुलासा भएको छ ।

पार्टीकै एक नेताले हामीसंग कुरा गर्दै भने, ‘नेताहरूमाथि दुर्व्यवहार भयो, बैठकमै अपमान पनि भयो त्यो पनि प्रधानमन्त्री जस्तो व्यक्तिबाट त्यसैले यस्तो अवस्था आयो।’

मंगलवार सिंहदरबारस्थित समाजवादी दलको संसदीय दलको बैठकमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा आफ्नो अपमान गरेको पनि बताएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकमा पनि यादवले संविधान संशोधनका लागि सुझाव समिति बनाउने प्रस्ताव लगेका थिए । उक्त प्रस्ताव बैठकमा पेश हुनबाट रोक्दै प्रधानमन्त्रीले अपमानजनक शब्द प्रयोग गरेको यादवको गुनासो छ ।

मंगलवार नै समाजवादी पार्टीका तर्फबाट सरकारमा सामेल कानूनमन्त्री यादव र शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले राजिनामा दिइसकेका छन् ।

मंगलवार अपराह्न बसेको संसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको पनि बताइएको छ ।

स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओलीले यादवको अपमान गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि ओलीले यादवलाई बोलाएर तपाईं आफ्नो विकल्प गर्नुस या सरकार छाड्नुस भनेका थिए ।

त्यतिमात्र होइन प्रधानमन्त्रीले उपेन्द्र यादवलाई तपाईं र मन्त्रालयको अपजस आफूले निना नसक्ने भन्दै कड्किएक थिए ।